नेपालका अलराउण्डर कुसल मल्लले ईन्टरनेसनल लिग टी–२० खेल्ने

नेपालका अलराउण्डर कुसल मल्लले ईन्टरनेसनल लिग टी–२० खेल्ने

  • मङ्लबार, पुस ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ । नेपालका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो ।

भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई टिममा लिइएको जानकारी दिएका छन् ।
मल्ल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौँ ब्याटरमा पर्छन् । उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन् । एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए । उनले ३४ बलमा शतक हानेका थिए । त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन् । उनले ओडीआई र ट्वान्टी(२० अन्तर्राष्ट्रियमा गरी ४३ विकेटसमेत लिएका छन् ।

डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी–२० को उपविजेता टिम हो । २०२५ को संस्करणको पहिलो खेलमा भाइपर्सले आबुधाबी नाइटराइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी