एशियाकपमा नेपाल बंगलादेशसँग पराजित, तेस्रो स्थान प्राप्त

एशियाकपमा नेपाल बंगलादेशसँग पराजित, तेस्रो स्थान प्राप्त

  • शुक्रबार, पुस ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं । एसीसी महिला यु-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। ११ ओभरमा छुट्याइएको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि फहोमिडा चोयाले सर्वाधित २६ रन बनाइन्। त्यस्तै सुमैयाले १० रन बनाइन् भने इभाले १८ रन बनाइन्।

यसअघि नेपालका लागि साबित्री धामीले सर्वाधिक ११ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यो पराजयसँगै नेपाल फाईनल पुग्नबाट चुक्दै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

पाकिस्तानलाई हराएर भारतसँग पनि अपराजित रहेको टोली आज कम ओभरको खेलमा सम्हालिन सकेको भए फाईनलको संभावना रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ