महिला यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज नेपालले श्रीलंकासँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ११ः ४५ बजे नेपाल र श्रीलंकाबीचको खेल हुनेछ।
नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा पुगेको थियो। नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल समूह ए को उपविजेता हुँदै सुपर फोरमा पुगेको हो।
श्रीलंका पनि समूह ुबीु को उपविजेता हो। उसले समूह चरणमा मलेसियाविरूद्ध जित निकाल्दा बंगलादेशसँग पराजित भएको थियो।
सुपर फोरमा पुगेको टिमले अर्को समूहबाट सुपर फोरमा पुगेका दुवै टोलीसँग खेल्नेछ। नेपालले सुपर फोरको दोस्रो खेल बंगलादेशसँग भोलि खेल्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline