मिस नेवाको अडिसन राउण्ड सम्पन्न

मिस नेवाको अडिसन राउण्ड सम्पन्न

  • सोमवार, पुस १, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने१८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ।

राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरु सहभागि भएका थिए। मिस नेवा नेपा ११४५ को अडिसनसँगै नेवारहरुको चाड यमरि पुन्हीको अवसरमा त्यछिं त्य कार्यक्रम पनि सम्पन्न गरिएको छ। जसअन्र्तगत सहभागीहरुले योमरि बनाउने कला र विधि प्रदर्शन गरेका थिए।

फाइट फर लाइफ र नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको प्रमुख आतिथ्यता र मिस लिटिल नेवा ११४२ सुज्योति डंगोलको विशेष आतिथ्यतामा सम्पन्न अडिसनमा मिस नेवा ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, नेपाल भाषा प्रसिक्षक राजु नापित, नेवा देय दबु चन्द्रागिरिका अध्यक्ष धनबीर महर्जन, गायिका सविना मानन्धर, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका पिआरओ। इन चिफ लायन मनकृष्ण श्रेष्ठ र नेपाल लिपि प्रसिक्षक शान्त महर्जन निर्णायक रहेका थिए।

१८औँ संस्करणको मिस नेवा नेपा ११४५ नेपाल टेतिकमको मुख्य प्रायोजनमा हँुदैछ। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रसिक्षण तथा मिस नेवाः कृषा महर्जन र सकिना महर्जनको संयोजनमा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी