नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध काठमाडौं गुर्खाज् एक विकेटले विजयी भएको छ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले नौ विकेटको क्षतिमा १८.१ ओभरमा पूरा गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले ११७ रनको योगफल बनाएको थियो।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाउँदा दिपक बोहराले २०, स्कट एडवार्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले अविजित १२ रनको योगदान गरे। लोकेश बम ८ रन बनाएर पेभिलियन फर्किँदा सुवास भण्डारी ६ तथा स्मात अलाम पाँच रन जोडेर आउट भए। सन्दीप लामिछाने शून्य रनमा आउट हुँदा अनिल खरेल कुनै रन नजोडी अविजित रहे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline