एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

  • शनिबार, मंसिर २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ, २९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ ।

काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।

साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक÷एक रन जोडे ।

पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी