एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

  • शनिबार, मंसिर २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुँदैछ।

एनपिलएमा लिगका खेल अन्तिम अन्तिम चरणमा आइपुग्दा शनिबार चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्दैछन्।

त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ।

अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४÷४ अंक छ।

काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो।

पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।

पोखरा एभेन्जर्सका लागि आजको खेल प्लेअफ सम्भावनालाई बरकरार राख्ने अवसर हुनसक्छ। उसको अन्तिम खेल लिगमा अहिलेसम्म बलियो मानिएको सुदूरपश्चिमसँग रहेकाले आज जितले अन्तिम खेलका लागि उत्साह थप्न सक्छ।

पोखरा यसअघि चितवनसँग ८७ रनले, जनकपुरसँग ७ विकेटले र कर्णालीसँग ७ विकेटले पराजित हुँदा लुम्बिनीलाई १० विकेटले र विराटनगरलाई सुपरओभरमा पराजित गरेको थियो।

दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जिवित राख्न शनिबारको खेल महत्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल पनि हो।

यद्यपि लिगमा बलियो सावित जनकपुर उसका लागि कम चुनौतिपूर्ण हुनेछैन। चितवनले अघिल्ला खेलहरूमा फराकिलो जित पनि निकालेको छ।

उसले काठमाडौंलाई ५ विकेटले, पोखरालाई ८७ रनले र लिगमा बलियो मानिएको सुदूरपश्चिमलाई पनि ३३ रनले पराजित गरिसकेको छ। त्यसकारण जनकपुरविरूद्धको खेलमा पनि उसको सम्भावना बलियो रहन्छ।

चितवन लुम्बिनीसँग ३३ रन र कर्णालीसँग ६ विकेटले पराजित भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी