अख्तियारमै मुद्धा मिलाउन एक लाख घुस लिएर पुगेका प्रशासकीय अधिकृत सापकोटा पक्राउ

अख्तियारमै मुद्धा मिलाउन एक लाख घुस लिएर पुगेका प्रशासकीय अधिकृत सापकोटा पक्राउ

  • शनिबार, मंसिर २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२८ मंसिर, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए ।

अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएपछि शुक्रबार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उनीमाथि परेको थियो ।

त्यसबारे आरोपीहरूको बयानसमेत सम्पन्न भएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ । सोही अनुसन्धानको कागजात पेश गर्न कञ्चनपुर पुगेका प्रशासकीय अधिकृत सापकोटाले एक लाख रकम घुस बोकेर पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी