उर्जामन्त्री खड्काले स्काउटको घर जग्गा भाडा ५ करोड अझै तिरेनन्

उर्जामन्त्री खड्काले स्काउटको घर जग्गा भाडा ५ करोड अझै तिरेनन्

  • शुक्रबार, मंसिर २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडास्वरुप पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । पटक पटक ताकेता गर्दा पनि उनले सो भाडा तिरेका छैनन् ।

त्यसमध्ये २ करोड ४० लाखभन्दा बढी रकम सावाँ र २ करोड ७८ लाखभन्दा बढी रकम जरिवाना वापत तिर्न बाँकी रहेको स्काउटले जनाएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्काउटलाई मन्त्री खड्काको कम्पनीले तिर्न बाँकी रकमको विवरण पठाउन निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार स्काउटले बिहीबार राज्यव्यवस्थालाई पत्र पठाएको थियो ।

स्काउटका लेखा अधिकृत चुडामणी कार्कीले पठाएको विवरणअनुसार मन्त्री खड्काको कम्पनीले बिहीबारसम्म २ करोड ४० लाख ६६ हजार ३ सय ५१ रुपैयाँ २९ पैसा बुझाउन बाँकी रहेको छ भने जरिवानाबापत २ करोड ७८ लाख ६१ हजार ५०० रुपैयाँ तिर्न बाँकी छ ।

खड्काको कम्पनीले पछिल्लो २ महिनामा स्काउटको खातामा १ करोड ५० लाख रुपैयाँ दाखिला गरेको थियो । खड्काको कम्पनीले जरिवाना छुट हुनुपर्ने माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने स्काउटले जरिवानासहित बक्यौता असुलको आदेश माग गर्दै मुद्दा दायर गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी