सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

  • बुधबार, मंसिर २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ, २६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो ।

पाँच खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान आठ/आठ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट झारे भने हर्ष ठाकुरले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी