एनपिएल : आज पनि दुई खेल हुँदै

एनपिएल : आज पनि दुई खेल हुँदै

  • आइतवार, मंसिर २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछन्।

आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्। तीन खेल सकिँदासम्म जनकपुर अपराजित छ।

लुम्बिनीले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन। लुम्बिनी यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग खेलेका तीनै खेलमा पराजित भएको हो।

आजको दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको छ।

आज उसको प्रतिस्पर्धी चितवन राइनोजले तीन खेलमध्ये दुईमा जित हासिल गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी