एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनी सामु एक सय ८८ रनको लक्ष्य प्रस्तुत

एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनी सामु एक सय ८८ रनको लक्ष्य प्रस्तुत

  • शनिबार, मंसिर २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, २२ मङ्सिरः नेपाल प्रिमिगर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स सामू जितका लागि एक सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो ।

सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक-एक विकेट हात पारे । अहिले लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी