काठमाडौं । अवैध रुपले अमेरीका प्रवेश गरेका सात नेपालीलाई डिपोर्ट गरिएको छ । सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी, अमित बिसी र अमृत पौडेल रहेका छन्।
उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौंसम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही खुलेको छैन। यद्यपि उनीहरू गैरकानुनी ढंगले अमेरिका छिरेको र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको उनीहरूमाथि आरोप छ। अमेरिकी अध्यागमनले उनीहरूलाई बिहीबार साँझ काठमाडौं ल्याइपुर्याएको बताईएको छ।
यस्तै अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा विनोद नेपाली र विनायक देवकोटालाई समेत निष्कासन गरेको छ।
अमेरीकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कार्यकाल सम्हालेपछि गैर कानुनी रुपमा अमेरीका प्रवेश गरेर बसिरहेका एक करोड बढी आप्रवासीलाई निष्कासन गर्ने बताउदै आएका छन् ।