भीष्म बाँस्कोटाद्वारा लिखित नेपालमण्डल पुस्तक लोकार्पण हुँदै

भीष्म बाँस्कोटाद्वारा लिखित नेपालमण्डल पुस्तक लोकार्पण हुँदै

  • बिहिबार, मंसिर २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

मङ्सिर २०, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत अनुपम विश्वव्यापी महत्वका सांस्कृतिक सम्पदाहरुका बिषयमा खोजमूलक रुपमा भीष्म बास्कोटाद्धारा तयार पारिएको नेपालमण्डल (विश्वसम्पदा लोकमाला) नामक पुस्तक यही मङ्सिर २१ गतें शुक्रबार विमोचन हुँदैछ ।
पाटन दरबार सङ्ग्रहालयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले भोलि साँढे २ बजे उक्त पुस्तक लोकार्पण गर्ने कार्यक्रम रहेको छ । पशुपतिनाथ संरक्षित स्मारक क्षेत्र, बौद्धनाथ संरक्षित स्मारक क्षेत्र, स्वयम्भूनाथ संरक्षित स्मारक क्षेत्र, चाँगुनारायण संरक्षित स्मारक क्षेत्र, पाटन संरक्षित स्मारक क्षेत्र, भक्तपुर संरक्षित स्मारक क्षेत्र तथा हनुमानढोका संरक्षित स्मारक क्षेत्रलगायत काठमाडौं उपत्यका विश्वसम्पदा स्थल भित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरूका बारेमा एकीकृत र लोकलयमा लिखित यो पुस्तक मौलिक र खोजमूलक पुस्तक हो ।
यसले नेपाली इतिहास, संस्कृति र सम्पदाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । चार अध्यायमा विभाजित यो पुस्तकमा नेपालका विविध नाम, अर्थ र प्राचीनताको मूलस्रोतसहित विस्तृत व्याख्या गर्नुका साथै प्रत्येक पाठ शीर्षकको अन्तमा विशिष्ट शब्दको अर्थ समेत प्रस्तुत गरिएको छ । साथै नेपाल उपत्यकाभित्र (खोकना, साँखु र कीर्तिपुर) र बाहिर (गोरखा दरबार, नुवाकोट दरबार) का सम्भावित विश्वसम्पदा स्थललाई समेत पुस्तकमा समेटिएको छ । सम्भवत काठमाडौँ उपत्यका भित्रका विश्वसम्पदा सूचीमा सूचीकृत अद्वितीय विश्वव्यापी महत्वका सांस्कृतिक सम्पदाहरुलाई सिङगो एउटै मालाका रूपमा लोकलयमा प्रस्तुत गर्ने पहिलो श्रेय बाँस्कोटालाई नै जान्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी