मंसीर १९ काठमाण्डौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएका छन्। आफ्नै मन्त्रालय मातहतको संस्थानमा मन्त्रीको कार्यकक्ष, सचिवालयका लागि समेत कार्यकक्ष बनाएपछि व्यापक आलोचना शुरु भएको छ ।
मन्त्री खड्का बक्यौता उठाउने कुलमानको कदममा पटक पटक अवरोध गर्दै आएका मन्त्री खड्काको यो अशोभनीय कदमका रुपमा हेरिएको छ ।
विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री हुने भए पनि पहिलो पटक कार्यकक्ष बनाई आफैँ बस्न थालेका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका छन्।
प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्ने खोजेको प्राधिकरणका कर्मचारीहरुको बुझाई छ ।
डेडिकेटेड र ट्रंकलाइनको विषयमा कुलमान घिसिङ र प्रधानमन्त्री, ऊर्जा मन्त्रीबीच विवाद भएको थियो ।
मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन्। त्यसयता लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ।