एशिया कपः नेपाल बंगलादेशसँग पराजित

एशिया कपः नेपाल बंगलादेशसँग पराजित

  • आइतवार, मंसिर १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसग ५ विकेटले पराजित भएको हो। यसअघि शुक्रबार श्रीलंकासँग पनि नेपालले पराजय व्यहोरेको थियो।

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८।४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

मोहम्मद अजिजु हाकिम तामिम र जवाद अबरारले दोस्रो विकेटका लागि १ सय ९ बलमा ९० रनको साझेदारी गरेपछि बंगलादेशले सहजै लक्ष्य भेटटयो। ओपनर जवादले ५९ र हाकिम तामिमले ५२ रनको महत्वपुर्ण योगदान दिए। बंगलादेशका ३ ब्याटर शून्य रनमा आउट भए। फरिद हसनले १३ रन थपे।

नेपालका लागि युवराज खत्रीले चार विकेट लिए पनि नेपालको हार टार्न सकेनन्। उनले ६ ओभरमा १ मेडन राख्दै २३ रन दिए। हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली ४५।४ ओभरमा १ सय ४१ रन बनाउदा अलआउट भयो। ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ७७ बलमा ५ चौका प्रहार गरे।

विकेट किपर उत्तम थापा मगर २९ रन बनाउदा रनआउट भए। अविशेक तिवारीले २९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशका लागि मोहम्मद रिजन हुसैन, मोहम्मद अल फहाद र मोहम्मद इकवाल हसन इमोनले समान २ विकेट लिए। साद इस्लाम रजिन, राफी उज्मान राफी र अजिजुल हाकिमी तमिमले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले अब समूहचरणको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी