रोल्पा मंसीर १६ । रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर दुखदः मृत्यु भएको छ । आज बिहान करीब १० बजे पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।
खाल्डा पुर्ने काममा ७ जना सहभागी भए पनि २ जना भागेर जोगिन सफल भएका थिए । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका–३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline