एनपिएलः बिराटनगर बिरुद्ध जनकपुरको बिजयी शुरुवात

एनपिएलः बिराटनगर बिरुद्ध जनकपुरको बिजयी शुरुवात

  • शनिबार, मंसिर १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मंसीर १५ काठमाण्डौँ । लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो।

विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५।२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले १ सय १६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो।

मिलान्थाले ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे। ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे। मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन्। एनपीएलमा यो दोस्रो अर्धशतक हो।

मार्की आशिफ शेख पहिलो ओभरको चौथो बलमा नै बोल्ड आउट भए।

कप्तान अनिल शाह ५ रनमा बोल्ड आउट भए। अनिल दोस्रो ओभरको अन्तिम बलमा सोलेको बलमा बोल्ड आउट हुन पुगे।

विराटनगरका क्रिस सोले र प्रतिश जिसीले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भएको थियो ।

विराटनगरका लागि मार्टिन गुप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। गुप्टिल १४ औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए। गुप्टिलले १३ औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो। अ‍ोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए।

नवौँ ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए। जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे।

१२ औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए। प्रतिश जिसी २ रनमा बोल्ड आउट भए। जितेन्द्र मुखिया शुन्य रनमा नै बोल्ड आउट भए।

किशोरले १८ औँ ओभरको तेस्रो बलमा सन्दीप र चौथो बलमा जितेन्द्र मुखियालाई आउट गराए।

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे। मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी