एनपिएलको उद्घाटन, पहिले जनकपुरले पहिला बलिङ गर्ने

एनपिएलको उद्घाटन, पहिले जनकपुरले पहिला बलिङ गर्ने

  • शनिबार, मंसिर १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङको टिमले उद्घाटन गरेका छन् । त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो १२ ३० मा मा सुरु हुनेछ । नेपाल प्रिमियर लिगको विजेताले उपाधी रकम १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन् ।

पहिलो दिन एक खेलमात्रै हुनेछ भने तेस्रो दिनदेखि दैनिक दुई खेल हुनेछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ। प्रतियोगिताको खेलहरू विश्वचर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ।

पहिलो खेलमा जनपुरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

विराटनगर किङ्स :
सन्दीप लामिछाने, प्रतिश जीसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, सुवास भण्डारी, राजेश पुलामी मगर, अनिल खरेल, दीपक बोहरा, नरेन भट्ट, मृणाल गुरुङ, मार्टिन गप्टिल न्युजिल्यान्ड, क्रिस सोल स्कटल्यान्ड, निकोलस किर्तोन क्यानडा, अकिव इलियास ओमान र इस्मत आलम अफगानिस्तान

जनकपुर बोल्ट्स :
आसिफ शेख, अनिल साह, ललित राजवंशी, हेमन्त धामी, आकाश त्रिपाठी, शेर मल्ल, किशोर महतो, रूपेश सिंह, शुभ कंसाकार, अरनिको यादव, तुलबहादुर थापा मगर, विशाल सुस्लिङ, बेन माइक ,इङ्ल्यान्ड, जेम्स निसम ,न्युजिल्यान्ड, मोहमद मोहसिन ,पाकिस्तान, हर्ष थाकर क्यानडा, लाहिरू मिलन्था अमेरिका र जोसुआ ट्रम्प अमेरिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी