भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार

भिभो बन्यो नेपाल प्रिमियम लिगको आधिकारिक स्मार्टफोन साझेदार

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

अग्रणी प्रविधि ब्रान्ड भिभोले नेपाल क्रिकेट सङ्घ क्यान सँग नेपाल प्रिमियम लिग ९एनपीएल० को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। ूहिमालयको महोत्सवू को रूपमा चिनिने यो प्रतियोगिता मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरू, राष्ट्रिय वितरकहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। आईपीएल र युईएफए युरो कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, ूनेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो।ू

क्यानका सचिव पारस खड्काले भने, ूएनपीएलले नेपाली क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्नेछ। भिभोजस्तो विश्वस्तरीय ब्रान्डको साथले प्रतियोगिताको गरिमा बढेको छ।ू

प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् । एनपीएलका नियमित अपडेट, विशेष सामग्री तथा प्रतियोगिताहरूका लागि भिभो नेपालका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फलो गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी