काठमाडौं । श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। यु–१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भइरहेको खेलमा श्रीलंकाले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो।
श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४(२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
श्रीलंकालाई अलआउट गर्न नेपालका लागि सन्तोष यादवले ४ विकेट लिए। त्यस्तै युवराज खत्रीले २ र नरेन साउद र हेमन्त धामीले १(१ विकेट लिए ।
नेपालले अब केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline