खाद्यले फिर्ता गर्यो न्युन गुणस्तरको ३० टन भट्मास ( तस्वीर सहित )

खाद्यले फिर्ता गर्यो न्युन गुणस्तरको ३० टन भट्मास ( तस्वीर सहित )

  • बुधबार, मंसिर १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौँ मंसीर १२ । पैठारीको लागि भन्सार नाकामा ल्याइएको केजि भट्मास गेडा परिक्षण गर्दा न्युन गुणस्तरको पाइएकोले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले उक्त न्युन गुणस्तरको भटमासको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरिएको जनाएको छ।

नेपालगन्ज भन्सार कार्यालयले परिक्षणको लागि मंसीर ५ गते भटमासको नमुना खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्ज पठाएकोमा उक्त भटमासको नमुना परिक्षण गर्दा क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा अत्याधिक बढि पाइएको कार्यालयले जनाएको छ। उक्त भटमास नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्ड प्रतिकुल भएकाले आयात गर्न नमिल्ने भनि मंसीर ८ गते भन्सार कार्यालयलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।

हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगतका भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगञ्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गठ्ठाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण नियमित रहेको छ ।

अस्वच्छ तथा न्युन गुणस्तरको खाद्य पदार्थको आयातबाट राष्ट्रिय अर्थतन्त्र र जनस्वास्थमा प्रत्यक्ष असर पर्न सक्ने हुँदा खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता कायम गर्न सम्पुर्ण सरोकारवालहरुको सहकार्य अपरिहार्य रहेको बिभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी