झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मृत्यु भएका नगरकोटी परिवारका दुई छोरीको अविभावक बन्ने प्रचण्डको घोषणा

झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मृत्यु भएका नगरकोटी परिवारका दुई छोरीको अविभावक बन्ने प्रचण्डको घोषणा

  • सोमवार, मंसिर १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गर्न सोमबार साँझ पुगेर सो अभिभावकत्व ग्रहण गरेका हुन् ।

यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका–९, स्थित साँखु–थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए। पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भयो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी