नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन्।
कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए।
ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए।
नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ। एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline