एमसीसी पास गर्न दबाब दिएको काँग्रेस बीआरआई कार्यन्वयन गर्न असहमत, ओलीको चीन भ्रमण औचित्यहीन हुने खतरा

एमसीसी पास गर्न दबाब दिएको काँग्रेस बीआरआई कार्यन्वयन गर्न असहमत, ओलीको चीन भ्रमण औचित्यहीन हुने खतरा

  • बिहिबार, मंसिर ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

मंसीर ६ काठमाण्डौँ । नेपालको सबै भन्दा ठूलो नेपाली काँग्रेस अमेरीकासँगको एमसीसी परियोजना सदनबाट पारित गर्न दबाब दिने मुख्य शक्ति थियो ।

अहिले सत्ताको मुख्य घट्टक उही काँग्रेस छिमेकी चीनसँगको बीआरआई सम्झौता कार्यन्वयन गर्न भने बाधा उत्पन्न गरीरहेको छ ।

अहिले काँग्रेसकै असहमतिका कारण प्रधानमन्त्री ओलीको चीन भ्रमणमा मुख्य एजेण्डा बिआरआई कार्यन्वयन सम्झौता टर्ने खतरा बढेको छ ।

यदी बिआरआई सम्झौता कार्यन्वयन नभए आफ्नो चीन भ्रमणको अर्थ नहुने भन्दै दबाब दिए पनि काँग्रेस सभापति शेर बहादुर देउवा टसमस नभएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन्। सोही बेला प्रधानमन्त्री ओली बहुप्रतिक्षित बीआरआई परियोजनाको कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारीमा छन्।

तर देउवाले कुनै पनि हालतमा बीआरआई परियोजना रिणमा कार्यन्वयन गर्न नहुने अडान राखेपछि प्रधानमन्त्री ओली दबाबमा मात्र परेका छैनन्, ८४ साल सम्मका लागि भनेर काँग्रेस एमालेबीच बनेको गठबन्धन भित्रै सम्बन्ध पेचिलो बन्न थालेको छ ।

छिमेकी भारतले प्रधानमन्त्री ओलीलाई नबोलाएपछि ओली चीन जान लागेका हुन् । त्यो पनि औचित्यहीन भएमा उनीमाथि नैतिक संकट बढ्ने बुद्धिजीवीहरुले अनुमान गरेका छन् ।

बीआरआईमा सहभागी हुने सम्झौता नेपालले सन् २०१७ मै गरेपनि अहिले सम्म कुनै पनि परियोजना अघि बढाउन सकेको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी