उपनिर्वाचनमा चुनाव हुनु अघि नै माओवादीले जित्यो एक वडा अध्यक्ष, घर्ती निर्विरोध निर्वाचित

उपनिर्वाचनमा चुनाव हुनु अघि नै माओवादीले जित्यो एक वडा अध्यक्ष, घर्ती निर्विरोध निर्वाचित

  • बुधबार, मंसिर ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मंसीर १६ गते हुने चुनाव अघि नै माओवादीले खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।

२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

उनलाई माओवादी अध्यक्ष प्रचण्डले बधाई समेत दिएका छन् ।

अब पालिका र वडा गरी ४३ स्थानमा मात्र निर्वाचन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी