नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालको ११ वर्षपछि भेट हुन लागेको हो । यो खेल ताजिकिस्तानमा हुनेछ । यस अघि ताजिकिस्तानसँगको खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।
सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो । सन् २००६ देखि नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ । त्यसमा नेपालले ३ र अफगानिस्तानले २ पटक जितेका थिए । एक खेल बराबरीमा टुंगिएको छ ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले अफगानी टिमविरुद्ध सुझबुझ साथ खेल्ने बताए ।
नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline