कार्तिक ३० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब भ्रष्टाचार बिरुद्ध आन्दोलनको आवस्यकता रहेकाले आफूले त्यसको नेतृत्व गरेर अघि बढ्ने बताएका छन् ।
सोमत घिमिरेद्धारा लिखित सामुदायीक समाजवाद नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले प्रधानमन्त्री वा सरकार एक्लैले भ्रष्टाचार निर्मुल पार्न संभव नरहेको भन्दै सबै क्षेत्र एकजुट भएर अघि बढ््नु पर्ने बताए ।
उनले नेपालको आत्मनिर्भर अर्थतन्त्रको विरासत मर्दै गएको र परनिर्भर हुँदै गएको भन्दै यसको जगेर्णा गरेर आधुनिक समाजवादको विकास गर्नु पर्नेमा जोड दिए ।
अबको समाजवाद तलैबाट लागू गर्दै जानु पर्ने भन्दै विद्यमान सुचना प्रविधिको समेत सक्दो प्रयोग गरेर भ्रष्टाचार बिरोधी आन्दोलनलाई समाजवादी आन्दोलनको दिशामा अघि बढाउनु पर्ने उनको भनाई छ ।
भ्रष्टाचार बिरुद्धको कदम, नागरिकताको समस्या समाधान, आर्थिक संकटबाट देशलाई अगाडी बढाएको, सामाजिक न्यायको क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले ठूला काम गरेको भन्दै अब सबैको साथ रहेमा नयाँ समाजवादी आन्दोलनसँग जोडेर भ्रष्टाचार बिरोधी अभियान चलाउन आफू तयार रहेको बताए ।