होलीफेम्ली मावि जिमुवाकी छात्रा सावित्री धामीको यात्रा विश्व क्रिकेट कपमा

होलीफेम्ली मावि जिमुवाकी छात्रा सावित्री धामीको यात्रा विश्व क्रिकेट कपमा

  • शुक्रबार, कार्तिक ३०, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.4K
    SHARES

कञ्चनपुर, कार्तिक ३० । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित होलीफेम्ली माध्यामिक विद्यालयकी छात्रा सावित्री धामी अब विश्व कप क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन । होली फेम्ली माध्यामिक विद्यालय कक्षा १२मा अध्ययनरत छात्रा सावित्रीले विश्व क्रिकेट कप प्रतियोगिता खेल्ने भएकी हुन ।
कार्तिक अन्तिम साता युएईमा सम्पन्न भएको अण्डर १९ टि २० विश्वकप एसिया छनौटमा युनाईटेड अबर ईमिरेट्स९यूएई०लाई हराउँदै नेपाल महिला युवा टोली अब टी २०विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको हो । उक्त टोलीमा सुप प्रदेश कञ्चनपुर भीमदत्त नगरकी छोरी सावित्री पनि रहेकी छिन । पहिलो संस्करणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई आठ विकेटले हराउँदै रनरेटका आधारमा नेपाल महिला टिम पहिलो पहिलोपटक विश्वकपको यात्रा तय गरेको हो । होलीफेम्ली माध्यामिक विद्यालयका प्रिन्सिपल महादेव भट्ट अध्ययन र क्रिकेटमा पहिल्यैदेखि अब्बल रुची राख्दै आएकी छात्रा सावित्रीको सफलताले विद्यालयको गौरब बढाएको बताए । ‘सावित्री सहभागि नेपाल महिला टिमको यो सफलतामा विद्यालय परिवार सहित सिङगो नेपाल हर्षित भएको छ, ‘उनले भने, ‘विश्व क्रिकेट कपको सफलताको पनि कामना गछौँ ।’ होलीफेम्लीका संचालक भुपाल सिह विष्ट पनि आफै क्रिकेटप्रेमी भएकाले विद्यालय क्रिकेट क्लब नै बनाएर नियमित प्रशिक्षण समेत भईरहेको प्रिन्सिपल भट्टले बताए । होलीफेम्लीका थुप्रै विद्यार्थी क्रिकेटका अब्बल खेलाडी छन ।

नेपाल महिला टोलीको यो जितसंगै अब नेपालले आइसिसी यू–१९ महिला टी–२९ विश्वकप ०२५ खेल्नेछ । यू–१९ टी–२० विश्वकप आगामी वर्षको १८ जनवरीदेखि २ फेब्रुवरीसम्म मलेसियामा हुँदै छ । गत बुधबारको खेलमा नेपालले युएईलाई आठ विकेटले हराएको थियो ।
एसिया छनोटमा नेपाल नेट रनरेटमा युएईलाई पछि पार्न सफल भएको हो । ६ खेलबाट दुवै टोलीको समान १० अंक रह्यो । नेपालको नेट रनरेट ३,९३ रहँदा युएईको ३,७७ रह्यो । यदि नेपाल खेलमा १६,२ ओभरमा विजयी नभएको भए युएईले लगातार विश्वकपमा स्थान बनाउने थियो । टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४,४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का र्गयो । सन् २०२७ को विश्वकप भने नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन ।

नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक ३५ रन बनाएकी थिईन । उनले ४२ बलमा एक चौका प्रहार गरेकी थिइन् । त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा चार चौकासहित २१ रन बनाउँदा सोनी पाख्रिन १३ रनमा अविजित रहिन । ओपनर सावित्री धामीले १२ रन जोडिन । नेपालले अतिरिक्त पाँच रन पाएको थियो ।

युएईकी मेहाक थाकुरले दुई विकेट लिइन  । यसअघि युएईका लागि कप्तान समाइरा धर्निधर्काले ४८ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाएकी थिईन । रिनिथा रन्जिथले २०, ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए ।
निर्णायक खेलमा नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिइन । उनले चार ओभरमा १७ रन दिएकी हुन । रिया शर्मा र सीमा केसीले समान दुई विकेट लिएका थिए । रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो । अब एकै समूहमा अस्ट्रेलिया र नेपाल रहेका छन । विश्वकपमा नेपालले समूह ‘डी’मा स्थान बनाएको छ । समूहमा बलियो अस्ट्रेलियासँगै बंगलादेश र स्कटल्यान्ड छन । पहिलो संस्करण सेमिफाइनलमा पुगेको अस्ट्रेलिया र नेपालबिचको खेल २२ जनवरीमा छ । त्यसअघि नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्ने तालिका छ ।पहिलो पटक नेपाली महिला टिम विश्वक्रिकेट कपमा छनौट भएपछि सिङ्गो नेपाली उत्साहित भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी