विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

  • आइतवार, कार्तिक २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

धरान (सुनसरी), २५ कात्तिक : विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ ।

कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा भीम खतिवडा र कवि पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामध्येबाट निर्णायक समितिको सिफारिसअनुसार कवि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो ।

सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १० हजार रहेको छ । यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी