पोखरामा रङहरूको ध्वनि नामक अन्तर्राष्ट्रिय कला कार्यक्रम

पोखरामा रङहरूको ध्वनि नामक अन्तर्राष्ट्रिय कला कार्यक्रम

  • शुक्रबार, कार्तिक २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

गण्डकी, २३ कात्तिक : बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन् । यही कात्तिक २१ गतेदेखि सुरु भएको कार्यक्रम २५ गतेसम्म चल्ने छ ।

कार्यक्रम पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा भइरहेको छ । जारी कार्यक्रमअन्तर्गत पहिलो दिन कात्तिक २१ गते कलाकारले आफनो कला प्रदर्शन गरेका थिए भने दोस्रो दिन कात्तिक २२ गते वरिष्ठ कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने सम्बन्धमा विद्यार्थीलाई अभ्यास गराउनुभएको थियो ।

सहभागी कलाकारले आज पोखराको बेगनास ताल, माझी कुनासहित गन्धर्व गाउँको अवलोकन भ्रमण गरेका छन् । भोलि कात्तिक २४ गते कास्कीको पर्यटकीय गाउँ धम्पुसमा चित्रकला कार्यशाला हुने र कात्तिक २५ गते कार्यक्रम समापन हुने आयोजक आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ती गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कला क्षेत्रको पुरानो विधा चित्रकला भएको बताउनुहुँदै कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्व जगत्मा थप उचाइमा पुर्‍याउन सकिने बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कला प्रवर्द्धन र कलाकारको संरक्षणमा प्रतिष्ठानले गण्डकी प्रदेशमा काम गरिरहेको बताउनुभयो ।

चर्चित कलाकार आटानुर डोगनले प्राकृतिक रूपमा धनी सहर पोखरा आफैँमा रङ्गीन रहेको बताउनुभयो । आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक गुरुङले नेपालको कला क्षेत्रको विकासका लागि सानो प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको र यस किसिमका कार्यक्रम सरकारी तवरबाटै आयोजना हुनुपर्ने धारणा राख्नुभयो ।

बुद्धिज एटलियरका संस्थापक अध्यक्ष बुद्धि गुरुङ, सञ्चारकर्मी मधु अधिकारीलगायतले कार्यक्रमको महत्वलगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी