नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

  • सोमवार, कार्तिक १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

विराटनगर, १९ कात्तिक : विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई एक सय २३ रनले तथा बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।

मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन बनायो । सुदूरका लागि सुवराज खत्रीले ४४ रन, अभिषेक थापाले ३७ र नरेन भट्टले २४ रन बनाए । बलिङतर्फ कोशीका सौजन घिमिरेले चार तथा विपिन महतोले दुई विकेट लिए ।

एक सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनायो । कोशीका लागि सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाए । बलिङतर्फ सूदुरपश्चिमका लागि सचिन भट्टले पाँच तथा नरेन भट्टले चार विकेट लिए ।

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाइ एक सय ३३ रनको योगफल बनायो । कर्णालीका लागि हीरालाल चनराले ४५, मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । बलिङतर्फ मधेशका राजेश यादवले चार तथा अफ्रुदिन रैनले तीन विकेट लिए ।

एक सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । मधेशका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए ।

बलिङतर्फ कर्णालीका विपीन शर्माले चार तथा यूनिस ठकुरीले तीन विकेट लिए । कर्णाली दुई अङ्कका साथ अन्तिम स्थानमा तथा मधेश प्रदेश चार अङ्कका साथ पाँचौ स्थानमा छ । मङ्गलबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी