हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित

हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित

  • शनिबार, कार्तिक १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १७ कात्तिक : नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा आठ छक्का र एक चौका हाने । यस्तै नारायण जोशीले १३ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई दुई तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो । श्रीलङ्काका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए । यसैगरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले एक एक विकेट लिए । यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी