नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा।कपिलदेव उपाध्यायबाट जम्मा तेइस लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकमको चेक नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गर्नुभएको हो ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा।कपिलदेव उपाध्यायको संयोजनमा स्थापना गरिएको पचास हजार रुपियाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ राष्ट्रकवि डा।माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, नेपाली साहित्यका विश्वनारी रत्न डा।वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने या नइ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई समर्पण गरिनेछ ।
साथै नइ प्रकाशनले डा।कपिलदेव उपाध्यायको आर्थिक संयोजनमा बाजुरा र हुम्ला जिल्लाका एकएक जना जेहेनदार छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ुनइ कपिल विद्यापदकु प्रदान गर्दै आएको छ ।
नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड असी लाख रूपियाँ मौजुद रहेको छ । सो अक्षयकोषको व्याजबाट नइद्वारा जम्मा तीस वटा पुरस्कार प्रदान गरिने परिपाटि रहेको छ ।