साफ च्याम्पियनसिप फाईनल : दशरथ रंगशालाका सबै टिकट बिक्री, प्रधानमन्त्री ओली पनि खेल हेर्न पुग्ने

साफ च्याम्पियनसिप फाईनल : दशरथ रंगशालाका सबै टिकट बिक्री, प्रधानमन्त्री ओली पनि खेल हेर्न पुग्ने

  • बुधबार, कार्तिक १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ / नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सीमित संख्यामा टिकट बेचेको हो ।

दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बिक्री गरेको जनाएको छ ।
एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भएकाले भीआईपीतर्फको पास पनि बढेको एन्फाले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै २० प्रतिशत सिट खाली राखिएको एन्फाले जनाएको छ । टिकट पाउने आशमा दर्शकहरू बिहानैदेखि लाइनमा बसेका थिए । तर लाइन बसेका सबैले टिकट भने पाएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी