आईसीसी लिग २ मा स्कटल्याण्ड बिरुद्ध नेपाल ५ विकेटले विजयी

आईसीसी लिग २ मा स्कटल्याण्ड बिरुद्ध नेपाल ५ विकेटले विजयी

  • बुधबार, कार्तिक १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौँ कार्तिक १४ । आईसीसी लिग डिभिजन २ अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्ड बिरुद्ध ५ विकेटले विजयी भएको छ ।

अमेरीकामा जारी खेलमा नेपालले स्कटल्याण्ढले दिएको १५५ रनको लक्ष्य २९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

टस जितेर बलिगं गरेको नेपालले स्कटल्याण्डलाई ४१.४ ओभरमा १५४ रनमा अलआउट गरेपछि यो सामान्य लक्ष्य पाएको थियो ।

नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरे । उनले ४९ बलमा ८ चौका प्रहार गर्दै अविजीत ५१ रन जोडे । गुल्सन झाले नटआउट २५ रन जोडे भने कुसल भूर्तेल २५, आशिफ शेख २१, अनिल शाह १३ , कुसल मल्ल ७ र रोहित पौडेल १ रनमा आउट भए ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । यसै गरी करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ २ विकेट लिए भने आरिफ शेखले एक विकेट लिए ।

स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन जोडे ।

यस अघि पहिलो खेलमा नेपाल अमेरीकासँग ३ विकेटले पराजित भएको थियो । नेपपाल अंक तालिकामा ५ अंकका साथ सातौ स्थानमा छ ।

नेपालले १० खेलमा २ जीत तथा एक खेलमा नतिजा बराबरी गर्नुका साथै सात खेलमा हार व्यहोरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी