बंगलादेश बिरुद्ध जीतेर उपाधी हासिल गर्ने नेपालका प्रशिक्षक र कप्तानको दाबी

बंगलादेश बिरुद्ध जीतेर उपाधी हासिल गर्ने नेपालका प्रशिक्षक र कप्तानको दाबी

  • मङ्लबार, कार्तिक १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कार्तिक १३ काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एञ्जिला तुम्बापोले बुधबार हुने साफ च्याम्पियनसिपको फाईनलमा बंगलादेशलाई हराएर उपाधी जित्ने दाबी गरेका छन् ।

फाइनल भिड्नुअघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै उनीहरुले बंगलादेशलाई जसरी पनि फाइनलमा हराउने बताएका हुन्।

यसका लागि विभिन्न रणनीति अपनाउने प्रशिक्षक तामाङले बताए।

‘खेलाडीलाई प्रोत्साहन गर्छौँ, सबै पोजिसनमा राम्रो गर्ने कोशिस गर्छौँ’, उनले भने, ‘उपाधिका लागि विभिन्न रणनीति अपनाउँछौँ।’

कप्तान एञ्जिला पनि यसपटक टिम बन्डिङ राम्रो भएकाले उपाधि जित्ने बाहेक केही नसोचेको बताउँछिन्।

‘अहिले जितेनौँ भने फेरि ५–१० वर्ष कुर्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो टिम बन्डिङ पनि राम्रो छ, भोलि जित्नुपर्छ।’

च्याम्पियनसिपको फाइनल बुधबार साँझ साढे ६ बजे हुनेछ।

नेपाल अघिल्लो साफको फाईनलमा पनि बंगलादेशसँग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी