काठमाण्डौँ कार्तिक ८ । काठमाण्डौँमा जारी महिला साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीतामा समुह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलंका बिरुद्ध खेल्दैछ ।
आज साँझ साढे ५ बजेपछि दशरथ रंशालामा हुने खेलमा नेपालले श्रीलंकासँग कम्तीमा बराबरी खेल्दा पनि सेमिफाइनल पुग्ने संभावना रहन्छ ।
नेपाल पहिलो खेलमा भुटान बिरुद्ध गोल रहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा माल्दिभ्स बिरुद्द ११ गोल गर्न सफल भएको थियो ।
आजै भुटान र माल्दिभ्स पनि भीड्दैछन् । माल्दिभ्स समुह चरणबाट यस अघि नै बाहिरीसकेको छ ।
यस अघि हिजोको खेलमा भारतलाई तीन एक गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह ए को बिजेताको रुपमा सेमिफाईनल पुगेको छ भने भारत उपविजेताको रुपमा सेमिफाईनल पुगेको छ ।
आजको खेलपछि सेमिफार्ईनलको समिकरण पूरा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline