माल्दिभ्स बिरुद्ध नेपालको गोल बर्षा

माल्दिभ्स बिरुद्ध नेपालको गोल बर्षा

  • सोमवार, कार्तिक ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

माल्दिभ्स बिरुद्ध नेपालले घरेलु मैदानमा गोलको बर्षा गरेको छ । रखा पौडल र प्रिति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसीप २०२४ अन्तर्गत सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।

नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । नेपाल गोल अन्तरको आधारमा समूहको पहिलो रहेको हो । श्रीलंका तीन अंकमा तेस्रोमा छ । माल्दिभ्स भने शून्य अंकमा छ ।

यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन् । उनले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गरिन् । यस्तै, प्रिति राईले भने ६, ६५ र ८७ औं मिनेटमा सम्भव भएको थियो । अन्य तीन गोल भने सविता रानामगर, अनिता केसी र अमिशा कार्कीको नाममा रह्यो ।

सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी