अमेरीका बिरुद्ध तेस्रो खेलमा पनि नेपालको सहज जीत, सिरिजमा क्लिन स्वीप

अमेरीका बिरुद्ध तेस्रो खेलमा पनि नेपालको सहज जीत, सिरिजमा क्लिन स्वीप

  • सोमवार, कार्तिक ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ कार्तिक ५ । अमेरिका बिरुद्धको तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपाल सहज रुपमा बिजयी भएको छ ।

यो जीत सँगै नेपालले दुई देशीय सिरिज क्लिीन स्वीप गरेको छ । अमेरीकाले दिएको १५७ रनको चूनौती नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक पूरा गरे । उनले ३९ बलमा २ छक्का र पाँच चौकाको मद्धतमा ५० रन जोडेर नेपाललाई सहज बाटोमा अघि बढाएका थिए । त्यस्तै अर्का ओपनर अनील शाह १३ रन बनाएर आउट भए ।

त्यसपछि कुसल मल्ल ४४ र कुसल भूर्तेल अविजीत ४० रनमा उत्कृष्ट ब्याटिङ गर्न सफल भएपछि नेपालको जीत पक्का बनेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले डलासमा पाँच विकेट गुमाएर १ सय ५६ रन जोड्यो ।

अमेरीकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे ।

अर्का ओपनर तथा कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउट भए । लगत्तै एरोन जोन्स १३ रन बनाएर ललित राजवंशीको बलमा पेभिलियन फर्के । सयन जहाँगीर नौ रन बनाए सोमपालकै सिकार बने । अमेरिकाका लागि अन्त्यतिर मिलिन्द कुमारले उपयोगी ४३ रन बनाए । उनले ३५ बलको मात्र सामना गरेर चार चौका प्रहार गरे ।

सोमपालले तीन विकेट लिए भने रिजन र ललितले एक÷एक विकेट लिए । तीन खेलको सिरिज नेपालले यसअघि नै सिरिज भने जितिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी