कार्तिक ४ काठमाण्डौँ । अमेरीका बिरुद्धको टी २० सिरिजको दोस्रो खेलमा नेपालले अमेरीकालाई १७१ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले कुसल भूर्तेलको बिष्फोटक ब्याटिङको मद्धतमा ९२ रन जोडेपछि नेपालले समग्रमा २० ओभरमा ६ विकेट गुमाएर १७० रन जोडेको थियो ।
नेपालका लागि कुसल भूर्तेलले अविजीत ९२ रन बनाए । उनले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरेका थिए ।
त्यसै गरी ओपनर अनील शाहले २५ रन बनाए । अर्का ओपनर आशिफ शेख १ रनमा आउट हुँदा गुल्सन झाले १९ रन जोडेर टिमको पारी उकासे ।
त्यसपछि आएका रोहित पौडेलले १८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख १ रनमा रन आउट भए । करण केसीले ६ रन जोडे ।
अब अमेरीकाले नेपालले दिएको लक्ष्य पछ्याउदै ब्याटिङ थाल्नेछ ।
यस अघि पहिलो खेल पनि नेपालले जितेको थियो । आज जीत हात पारे सिरिजमा नेपालको कब्जा हुनेछ ।