काठमाडौं कार्तिक २ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएको जानकारी दिएको छ ।
यस अघि नेपालको अनुरोध र जनदबाबका बीच पनि गत विश्वकपमा अमेरीकाले लामिछानेलाई भिषा दिएको थिएन ।
लामिछाने आज बुलुका नै अमेरिका प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए। ुउहाँले अमेरिकाको भिसा पाउनुभएको छ। आज साँझ नै त्यसतर्फ प्रस्थान गर्नुहुन्छ,ु लामाले भने।
नेपाल र अमेरिकाबीचको टी–२० शृंखला आजदेखि सुरू भएको छ। डालासमा शुक्रबार विहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। उनी शुक्रबादेखि हुने आइसीसी लिग २ को खेल खेल्नेछन्। लिग २ को खेलमा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline