काठमाण्डौँ कार्तिक २ । काठमाण्डौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ ।
त्यस अघि आजै पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ।
नेपालले भुटान बिरुद्ध साँझ साढे ५ बजेपछि खेल्नेछ ।
उपाधी दाबेदार नेपालले आज भुटानमाथि सहज जीत निकाल्ने अपेक्षा गरिएको छ ।
बिहिबार देखि सुरु च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानमाथि ५–२ को फराकिलो जित दर्ता गरेको हो।
यस अघि उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५–२ गोल अन्तरको जित निकालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline