मारवाडी सेवा समितिले कब्जा गरेको र्गौशालाको जग्गा खोस्ने बालेन शाहको प्रयासमा सरकारले नै अवरोध खडा गर्दै

मारवाडी सेवा समितिले कब्जा गरेको र्गौशालाको जग्गा खोस्ने बालेन शाहको प्रयासमा सरकारले नै अवरोध खडा गर्दै

  • शुक्रबार, कार्तिक २, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, कात्तिक २ गते । गौशालामा धर्मशालाको नाममा सरकारी जमिन कब्जा गरेको मारवाडी सेवा समितिबाट धर्मशाला खाली गराउन काठमाण्डौँ महानगरको प्रयासमा सरकारले नै अवरोध खडा गरेको देखिएको छ ।

अदालतको आदेश र कोससँगको सम्झौता अनुसार मेयर बालेन्द्र शाहले नगर प्रहरी परिचालन गरेर धर्मशाला खाली गराउन प्रयास गरे पनि सरकारले प्रहरी परिचालन गरी सो कार्य रोक्दै आएको थियो ।

यही तनावका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा बद्री पाण्डेले नै पत्राचार गरेर धर्मशाला खाली नगराउन भनेका छन् ।

२१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशनमा मन्त्रालयले कोषलाई बुधबार पत्र लेख्दै शान्ति सुरक्षामा समस्या उत्पन्न भएकाले अर्को निर्णय नभएसम्म स्थगित गर्न निर्देशन दिइएको हो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गते बसेको बैठकले पनि धर्मशाला सञ्चालन र व्यवस्थापनका सन्दर्भमा काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पत्रमा यसअघि कोषले गरेको निर्णयबारे निक्र्योल नभएसम्म परिषद्ले यसअघि गरेका निर्णय कार्यान्वयन रोक्न निर्देशन दिइएको छ । यसबारे छलफल गर्न कात्तिक ४ गते आइतबार सञ्चालक परिषद् बैठक बोलाइएको छ ।

यसैबिच कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै तनाव सिर्जना हुने स्थिति आएकाले तत्काल उक्त निर्णयको कार्यान्वयन स्थगित गरिएको दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी