साफ महिला च्याम्पियनसिपमा भारतको बिजयी शुरुवात

साफ महिला च्याम्पियनसिपमा भारतको बिजयी शुरुवात

  • बिहिबार, कार्तिक १, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

१ कात्तिक, काठमाडौं । बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५(२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे ।

पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १(१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।

खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३(० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।

दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४(२ को स्थितिमा ल्याइन् ।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५(२ को अग्रता दिलाइन् ।

प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।

भारतका प्रशिक्षक सन्तोषकुमार कश्यपले प्रतियोगितामा सुरुवात राम्रो भएको बताए । ‘हाम्रो लागि च्याम्पियनसिप राम्रो सुरुवात भएको छ ।सबैले राम्रो खेले । बीचमा केही दबाब भएको थियो । तर पाँचौं गोलपछि सहज भयो’, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी