मीन बहादुरको दानले ओली र एमालेको घट्यो शान !

मीन बहादुरको दानले ओली र एमालेको घट्यो शान !

  • मङ्लबार, अशोज २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

असोज २९ काठमाण्डौँ । पार्टी पक्तिलाई समेत थाहै नदिई एमाले अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङुँग कीर्तिपुरको ११ रोपनी जग्गा दान लिने सहमति गरेर एकै पटक घर समेत उनैले बनाउने भनेर सहमति र सिलन्यास गरेपछि एमाले भित्र मात्र होईन सार्वजनिक रुपमा समेत ठूलो आलोचना भईरहेको छ ।

ओलीले पार्टी सचिवालयको बैठकमा एक जना दानविर छन् जग्गा दिन्छु भन्नु भएको छ भनेका थिए । तर त्यो दानवीर को हो ? भनेर केही सदस्यले सोध्दा २५ गते आउनु त्यही थाहा हुन्छ भनेका थिए ।

नभन्दै ती दानवीर कोही नभएर भाटभटेनीका मालिक मीन बहादुर गुरुङ थिए । उनले अत्याधुनिक बहुउदेश्यीय भवन बनाएर अर्को दशैँमा घटस्थापनाकै दिन हस्तान्तरण गर्ने भन्दै शिलन्यासका दिन पत्रकारलाई एक वर्ष पछिका लागि निम्तो नै दिए । ओली दम्पत्तिले दियो बाल्दै गर्दा मीन बहादुर दम्पत्ति घण्टी बजाईरहेका थिए ।

गुरुङ अघिल्लो सरकारका पालामा ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका थिए । त्यस बेला ओलीले प्रचण्डलाई लक्षित गर्दै माओवादीले भाट भटेनी, भाट भटेनी…मीन बहादुर मीन बहादुर, गुरुङको छोरो भारी बोकेर खाने कसरी यस्तो भयो ? भनेर लागेको भन्दै व्यग्य गरेका थिए ।

तर अहिले तिनै गुरुङसँग अहिले आर्थिक मन्दीसँग जुधिरहेको देशमा करीब अर्ब रुपैयाको जग्गा र करोडौँको भवन बनाउन उनैलाई दिने सार्वजनिक भएपछि ओलीको शाख गिर्न थालेको छ ।

त्यसै पनि एमालेले मदन भण्डारी फाउण्डेसनका नाममा धेरै सार्वजनिक जग्गा पार्टीकरण गरेको आरोप लाग्दै आएको छ ।

यसै गरी थुप्रै व्यवशायी, उद्योगपतिहरु पार्टीमा छन् । पाँच लाख बढी सदस्य रहेका छन् । त्यो भवन एमाले जत्तिको पार्टीले नेता कार्यकर्ताको लेवी संकलन गरेर बनाउन सक्ने अवस्था थियो । तर त्यो नभई देश बाढी पहिरोको विपतमा परेका बेला सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर त्याहाँ बालुृवाटारमा गोदामै बनाएर राखेका गुरुङको यति ठूलो सहयोग लिने कुराको आलोचना भईरहेको छ ।

पार्टी भित्रै डा. विन्दा पाण्डे लगायतले मतदाता र पार्टी कार्यकर्ताको अपमान भएको भन्दै यसलाई सच्याउन सार्वजनिक रुपमा माग गरेकी छन् ।

काँग्रेस नेता रामहरी खतिवडा सहितले पनि आलोचना गरीरहेका छन् । आम सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडियाहरुमा पनि यसको आलोचना भईरहेको छ ।

यसले ओलीको लोकप्रियता र शाख झन गिर्दो अवस्थामा रहेका बेला अझै खस्काएको छ ।

बालुवाटारको सोही जग्गा मध्यबाट एमालेबाटै अर्थमन्त्री रहेका विष्णु पौडेलका छोराको नाममा समेत ८ आना पास भएको थियो । पछि खुलासा भएपछि सो जग्गा फिर्ता गरेर पौडेल परिवारले उन्मुक्ति पाएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी