पाकिस्तानलाई हराएर न्युजिल्यान्ड सेमिफाइनलमा

पाकिस्तानलाई हराएर न्युजिल्यान्ड सेमिफाइनलमा

  • मङ्लबार, अशोज २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ — न्युजिल्यान्डले वुमेन्स ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा सोमबार आफ्नो स्थान सुरक्षित गरेको छ । उसले यसका लागि निर्णायक सावित लिग चरणको खेलमा पाकिस्तानलाई सजिलै ५४ रनले हरायो ।

जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११।४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो । राम्रो नेट रन रेटको जितमा सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसामु आक्रामक खेल्ने विकल्प मात्र थियो ।

न्युजिल्यान्डका लागि ओपनर सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् ।

यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना सकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी