कुलमान घिसिङलाई हटाउने ओली सरकारको तयारी, सोधियो १५ बुदे स्पष्टीकरण

कुलमान घिसिङलाई हटाउने ओली सरकारको तयारी, सोधियो १५ बुदे स्पष्टीकरण

  • बिहिबार, अशोज २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

दशैंको विदा सुरु हुनुभन्दा ठीक अघि उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।

केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि नै माओवादी समर्थनमा दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाउने रणनीतिमा सरकार क्रियाशील देखिएको छ । यसअघि समेत उनलाई सरकारले हटाउने प्रयास गरेको थियो, तर जनस्तरबाट आएको विरोध थाम्न नसकेपछि पछि हटेको थियो । अहिले सर्वसाधारण दशैं मूडमा रहेको बेला मौका छोप्दै सरकारले कुलमानलाई हटाउने नीतिअनुसार विभागीय मन्त्रीलाई अगाडि सारेर मंगलबार १५ बुँदे स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोध्दा मन्त्रीस्तरीय निर्णय भनिएको छ । तर स्रोतले भने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कुलमानलाई अधिकारविहीन बनाउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेको छ ।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि कोरम नपुगेकाले हुन सकेन । बोर्ड बैठकमा सहभागी हुनेहरु समेत दशैंका लागि पुख्र्यौली थाँतथलोतर्फ हिँडिसकेका छन् । यस्तै समयको मौका उठाएर सरकार कुलमानविरुद्ध अगाडि बढेको छ ।

ओली प्रधानमन्त्री भए लगत्तै कुलमान बिरुद्ध लागिपरेका थिए । तर व्यापक जनदवाव पछि सरकार पछि हटेको थियो ।

अहिले फेरी दँशैमा मानिसहरु चाडपर्वमा व्यस्त रहने समय पारेर सरकार कुलमान बिरुद्ध कार्बाहीको तयारीमा लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी