भारतले आइएसआई मार्क नविकरण नगर्दा सिमेन्ट निर्यात तीन महिनादेखि ठप्प , व्यवशायी मारमा ( भिडियो सहित )

भारतले आइएसआई मार्क नविकरण नगर्दा सिमेन्ट निर्यात तीन महिनादेखि ठप्प , व्यवशायी मारमा ( भिडियो सहित )

  • बुधबार, अशोज २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाण्डौँ । तीन महिनायता भारतले नेपाली उद्योगीको गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क नविकरण नगर्दा नेपाल बाट हुर्दै आएको सिमेन्ट र क्लिंकर निर्यात रोकिने हो की भन्ने चिन्ता बढेको छ ।
मुलुक अहिले सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर छ । पछिल्लो दशकमा दर्जनौं ठूला उद्योग खुलेका छन् । चुरे पहाडबाट क्लिंकरका लागि कच्चा पदार्थ चुनढुंगा उत्खनन्ले सहजता दिलाएको छ । स्वदेशमै पर्याप्त उत्पादन भएपछि पछिल्लो समय भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात धमाधम भइरहेको थियो । तर भारतले आईएसआई मार्का नविकरण नगर्दा अहिले भने यो क्रम रोकिएको छ ।

डेढ दशक अघिसम्म सिमेन्ट र क्लिंकरमा नेपाल परनिर्भर थियो । १० प्रतिशत स्वदेशी उत्पादन हुन्थ्यो भने बाँकी भारतको भर पर्नु पथ्र्यो । तर, अहिले भने अवस्था फेरिएको छ । नेपालबाट भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात भइरहेको छ । सरकारले स्वदेशी उत्पादन बाह्य मुलुक निर्यात बढीमा ८ प्रतिशत सहुलियत दिने नीति लिएपछि उद्योगहरुले भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन् । अहिले रुपन्देहीमा उद्योग रहेको अर्घाखाँची सिमेन्ट लिमिटेड र पश्चिम नवलपरासीम उद्योग रहेको पाल्पा सिमेन्ट लिमिटेडले सिमेन्ट र क्लिंकर भारत निर्यात गरिरहेका छन् । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार रुपन्देहीको बेलहिया नाका हुँदै गत आर्थिक वर्ष २०८०–०८१ मा सिमेन्ट १ अर्ब ६५ करोड ८६ लाख ९ हजार र सिमेन्ट क्लिंकर १ अर्ब २० करोड २७ लाख ८९ हजार रुपैयाँको निर्यात भएको छ । चालु आर्थिक वर्षको दुई महिनाममै सिमेन्ट २० करोड ७६ लाख २८ हजार र क्लिंकर ३ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । तर, अघिल्लो वर्षमो तुलनामा सिमेन्ट निर्यात बढ्दा क्लिंकर भने केही घटेको भन्सार तथ्यांकले देखाउँछ ।

पछिल्लो समय उद्योगले निर्यात सुरु गर्दा भारतमा नेपाली उत्पादनको बजार विस्तार भइरहेको छ भने मुलुकको अर्थतन्त्रमा थप टेवा पुगिरहेको छ । तर, सरकारले सहुलियत बृद्धि गर्ने र ल्याब परीक्षण प्रक्रियालाई सरल र छिटोछरितो बनाए निर्यात अझै बढ्ने उद्योगी बताउँछन् । सिमेन्ट र क्लिंकर निर्यात गर्दा भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड्स (बिआईएस)ले गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिनुपर्छ । यसका लागि पछिल्लो समय धेरै उद्योगीले अनुरोध गरिसकेका छन् । तर, तीन महिनायता आइएसआई नविकरण नगर्दा अघिल्लो वर्ष निर्यात गरेका केही उद्योगीले चालु वर्षमा निर्यात हुन सकेको छ । सरकारले नविकरणका लागि तत्काल पहल गर्नुपर्ने उद्योगीको माग छ ।

नेपालको चुरे पहाडमा उपलब्ध चुन ढुंगाबाट उत्पादित सिमेन्टको गुणस्तर भारतबाट आयातित क्लिंकरको भन्दा धेरै राम्रो छ । अर्कातर्फ भारतको उत्तर प्रदेशका अधिकांश जिल्लामा त्यहाँका अन्य स्थानबाट भन्दा नेपालबाट सिमेन्ट, क्लिंकर आयात गर्दा सस्तो पर्न जान्छ । यसले गर्दा पनि नेपाली उत्पादनले भारतमा राम्रो बजार पाउने सम्भावना बढी छ । पछिल्लो समय नेपालबाट भइरहेको निकासीको सफलताले व्यवसायी उत्साहित छन् । आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको सुस्तताले स्वदेशमा खपत घटिरहेको बेला आफ्ना उत्पादनले भारतमा बजार बिस्तार गरिरहँदा निर्यातकर्ता थोरै भए पनि खुशी छन्् । अनुदानमा सहजता ल्याउने र भैरहवा नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई रेल्वेसँग जोड्ने हो भने निर्यात अझै बढ्ने व्यवसायी बताउँछन् । बढ्दो ब्यापार घाटा र परनिर्भरतालाई रोक्न पनि आइएसआई नविकरण र कनेक्टिभीटीलाई थप सहजता बनाउनुपर्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी