मिसेस नेपाल वल्र्डका सहभागीको विभिन्न प्रस्तुति

मिसेस नेपाल वल्र्डका सहभागीको विभिन्न प्रस्तुति

  • मङ्लबार, अशोज २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शन गरेका छन्।

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका थिए।
प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए।
रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२४ को ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ्ग, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टी अर्याल र दीपा बिश्वकर्मा सहभागी छन्।
यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन्।

यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन्। सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ। यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन्। प्रतियोगिता आइना गजुरेलको सह कोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी